सुदन र बालेनलाई कारबाहीको माग गर्दै नेविसंघको जाहेरी

काठमाडौँ असोज २६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ का केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरूङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

उनले भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा विद्यार्थीहरूलाई विद्यालय तथा क्याम्पस पोशाकमै आन्दोलनमा उतारेर मानव ढाल बनाएको, साथै राष्ट्रिय सम्पत्ति, निजी र सरकारी घरहरूमा आगजनी गराएको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएका हुन्। जाहेरी दिन नेविसंघका केन्द्रीय सदस्यहरू मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाह प्रहरी परिसर पुगेका थिए। ती सबै नेता सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवा निकट मानिन्छन्।

नेविसंघ नेतृत्व अनविज्ञ, प्रहरीमा दर्ता नभएको जाहेरी

अशोक सिंहले व्यक्तिगत रूपमा जाहेरी दिएको भए पनि त्यसबारे नेविसंघ नेतृत्वलाई जानकारी नभएको स्रोतहरू बताउँछन्। दुजाङ शेर्पा नेतृत्वको ७१० सदस्यीय नेविसंघ कार्यसमिति अहिले महाधिवेशन तयारीका लागि अन्तिम चरणमा छ। यसअघि पनि नेकपा एमाले निकट अनेरास्ववियु ले बालेन र सुदनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको थियो, जसलाई पछि आयोगको सिफारिसमा फिर्ता गरिएको थियो। हाल ललितपुरमा दिइएको यो जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन। यसबारे मेयर बालेन शाह र सुदन गुरूङ पक्षको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर