काठमाडौँ असोज २६ । काठमाडौँको सिंहदरबारको अग्रभागमा रहेको भवन अहिले हरियो सेफ्टी नेटले ढाकिएको देखिन्छ। गत भदौ २३ र २४ गते भएको ‘जेन जेड आन्दोलन’ का क्रममा आक्रोशित भिडले गरेको तोडफोड र आगजनीपछि अहिले त्यसको मर्मत कार्य सुरु गरिएको हो।
सुरक्षाका दृष्टिले भवनलाई हरियो जालीले ढाकिएको छ भने रंगरोगन तथा पुनःनिर्माणका कामहरू जारी छन्। संसद सचिवालय भवनसमेत ढाकेर राखिएको छ। त्यहाँ सामान्य क्षति पुगेका संरचनाहरूमा पनि मर्मतसहित रंगरोगन भइरहेको छ। आन्दोलनको घटना भएको एक महिना पुग्न लाग्दा सिंहदरबार क्षेत्रमा अहिले सरसफाई, जलेका सवारीसाधन व्यवस्थापन, र मर्मतका कामहरू तीव्र गतिमा भइरहेको देखिन्छ। सरकारी कर्मचारीदेखि मजदुरहरुसम्म रंगरोगन र मर्मतमा व्यस्त छन्।
सिंहदरबार क्षेत्र नेपालको प्रमुख प्रशासनिक केन्द्र भएकाले यहाँ भएको क्षति र त्यसपछिका गतिविधिहरू प्रति आम चासो बढेको देखिन्छ।





