रौतहट असोज २६ । रौतहटको गुजरा नगरपालिका–२, कटानी टोलबाट प्रहरीले विशेष सूचनाको आधारमा ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमध्ये दुई जनालाई शनिबार राति ९:३० बजे काठमाडौँ र सिन्धुलीबाट पक्राउ गरिएको हो भने बाँकी दुई जनालाई आइतबार बिहान नियन्त्रणमा लिइएको छ।
शनिबार प्रहरीले काठमाडौँका कोमन गुरुङ र सिन्धुलीका मनिष घलानलाई पक्राउ गरेको थियो। खानतलासी गर्दा मनिषको पाइन्टको गोजीमा लुकाइएको ९३०० ग्राम ब्राउन सुगरसस्तो लाग्ने पदार्थ बरामद भएको छ। प्रहरीले सो बयानका आधारमा आइतबार बिहान करिब ९:३० बजे कटानी टोलका ज्ञानबहादुर थिङ सञ्जु र आजत अन्सारीलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, सञ्जु थिङको घर खानतलासी गर्दा ९१८६ ग्राम ब्राउन सुगरसहित १३ थान ट्याबलेट र रु. ६५,१०० नगद बरामद भएको छ। बरामद लागुऔषधको प्रारम्भिक परीक्षण भइरहेको र चारै जनामाथि लागूऔषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान भइरहेको छ। प्रहरीले अझै पनि लागूऔषध नेटवर्कको विषयमा अनुसन्धान जारी राखेको बताएको छ।





