काठमाडौँ असोज २६ । इजरायलको प्रधानमन्त्री कार्यालयले हमासको कब्जामा रहेका नेपाली युवा विपीन जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको जनाएको छ। इजरायलका सल्लाहकार जनरल गल हिर्शले नेपाली राजदूत धनप्रसाद पण्डितलाई यसबारे जानकारी दिएका हुन्।
प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा विपीनलाई पनि बन्धक बनाएर लगेको थियो। यद्यपि, विपीनको जीवित भएको पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण अहिलेसम्म नपाइएको इजरायल सरकारले स्पष्ट पारेको छ। नेपाल सरकार र सम्बन्धित निकायहरूले विपीनको खोजी र रिहाइका लागि पहल जारी राखेका छन्।





