राष्ट्रपतिसँग हुने भनिएको जेनजीको वार्ता सोमबार हुने


अञ्जली राउत
जनकपुरधाम, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भनिएको जेनजीको वार्ता सोमबार हुने भएको छ । राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएकाले वार्ता दुई दिन पछि अर्थात् सोमबार बिहान १० बजेका लागि सारिएको हो ।

जेनजीका एक अगुवाले जानकारी दिएअनुसार, राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले बैठक सारिएको हो । यसैबीच, राष्ट्रपति कार्यालयका स्रोतले जनाएका छन् कि राष्ट्रपति पौडेल प्रधानमन्त्री सुशीला कार्की संग अनौपचारिक रूपमा छलफल जारी राखेका छन् । आज शीतल निवासमा आयोजना हुने भनिएको छलफलका लागि जेनजीका अगुवाहरू पुगे पनि प्रवेशमा समस्या आएपछि केही सदस्यहरूले गेटबाहिर विरोध प्रदर्शन गरेका थिए । राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका प्रतिनिधिहरूबीचको वार्ता शान्तिपूर्ण समाधानतर्फ अघि बढाउनका लागि सोमबार पुनः आयोजना गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर