
जनकपुरधाम असोज २४ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी मंगलबार, असोज २८ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिवालयमा पठाइएको पत्रमा संविधानको धारा १८८ को उपधारा ९२० अनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको उल्लेख छ। “नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनु हुन अनुरोध गर्दछु,” पत्रमा भनिएको छ। सिंह नेतृत्वको सरकारको समर्थनमा रहेका दलहरूबीच पछिल्ला दिनमा देखिएको राजनीतिक चलखेलका कारण विश्वासको मत लिने आवश्यक परिस्थिति सिर्जना भएको हो।
प्रदेश सभामा विश्वासको मतको तयारीसँगै मधेस प्रदेशको राजनीतिक स्थिरता र सत्ता समीकरणमा फेरबदल हुने अनुमान गरिएको छ।