
एजेन्सी असोज १५ । मंगलबार राति गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पले फिलिपिन्सको सेबु प्रान्तमा भारी विनाश ल्याएको छ। अहिलेसम्मको विवरणअनुसार ७० जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने सयौं व्यक्ति घाइते छन्। भूकम्पपछि कम्तीमा ६११ परकम्पहरू महसुस गरिएको अधिकारीहरूले जनाएका छन्।
भूकम्पपछि सेबुमा आपतकालीन अवस्था घोषणा गरिएको छ। प्रान्तीय सरकारले सेबु क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै राहत र उद्धार कार्यलाई तीव्र बनाएको छ। नागरिक रक्षा कार्यालयका उपप्रशासक राफेलितो अलेजान्ड्रोले जमिनको अवस्था धेरै गम्भीरू रहेको बताएका छन्। “हाम्रो प्रयासका बाबजुद हताहतको संख्या बढिरहेको छ,” बोगो शहरका अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति मार्कोसको अपीलस् सतर्क रहन आग्रह
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले एक विज्ञप्ति जारी गर्दै नागरिकलाई सतर्क रहन तथा स्थानीय निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्। उनले प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तथा अस्पतालमा थप जनशक्ति खटाउने जानकारीसमेत दिएका छन्। “मेरो समवेदना प्रियजन गुमाएका परिवारहरूसँग छ। घाइतेहरू र सबै प्रभावितप्रति मेरो प्रार्थना छ,” — राष्ट्रपति मार्कोस
सौन्दर्य प्रतियोगिता पनि प्रभावित
भूकम्पको असर सेबुमा आयोजित ‘मिस एसिया प्यासिफिक इन्टरनेसनल’ सौन्दर्य प्रतियोगितामा पनि परेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रतियोगीहरू हाई हिल र परम्परागत पोशाकमा स्टेजबाट भागिरहेको दृश्य देखिन्छ।