“अनुहार हेरेर विभेद गरिन्छ” — उपेन्द्र यादवको तराईवासीप्रति समर्थन

काठमाडौँ भदौ १२ । जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारको भूमिकामाथि कडा प्रश्न उठाएका छन्।

बिहीबार माइतीघरमा आयोजित आन्दोलनमा सहभागिता जनाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै भने, “हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, किसानको समस्या पनि समाधान गर्ने होरु” उनले किसानको समस्याको नाममा धेरै अनुदान र सहयोग प्राप्त भइसकेको स्मरण गराउँदै, ती स्रोतहरूको प्रभावकारी उपयोगबाट समस्या समाधान सम्भव रहेको धारणा राखे। “राज्यले गर्न चाहे अहिलेको समस्या सजिलै समाधान हुन्छ,” उनले जोड दिए।

तराईका किसानमाथि ऐतिहासिक विभेदको आरोप

अध्यक्ष यादवले राणाकालदेखि नै तराईका किसानमाथि गरिएको विभेदको प्रसंग पनि उठाए। “तराईको किसानको अनुहार मन नपरेपछि पेल्न खोजिन्छ,” भन्दै उनले राज्य संरचनामै पूर्वाग्रही सोच रहेको आरोप लगाए।

सरकार गैरजिम्मेवार भएको आरोप

यादवले वर्तमान सरकारलाई “गैरजिम्मेवार” ठहर गर्दै जनताको आवाज सुन्ने संवेदनशीलता नभएको टिप्पणी गरे। “जब किसान सडकमा आउँछन्, तब सरकार तुरुन्त प्रतिक्रिया दिनुपर्ने हुन्छ। त्यो सरकारको दायित्व हो,” उनले भने।

प्रतिक्रिया
सम्बन्धित खवर