Blog

  • रेशम चौधरीको चेतावनी: ‘म चुनावमा नखेले देशमा फेरि चुनाव हुँदैन’

    रेशम चौधरीको चेतावनी: ‘म चुनावमा नखेले देशमा फेरि चुनाव हुँदैन’

    काठमाडौँ कार्तिक १४ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू र आफ्नो समुदायका नेताहरूलाई चुनावमा भाग लिन नदिए देशमै फेरि चुनाव नहुने चेतावनी दिएका छन्।

    शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आयोजना गरेको वृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले भने, “यदि रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु— यो देशमा फेरि चुनाव हुँदैन।”

    उनले मुलधारका दलहरूलाई उद्दृत गर्दै थपे, “सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन सक्दैन। नेपाली कांग्रेस, एमाले र माओवादीको इतिहास के थियोरु शेरबहादुर, ओली र प्रचण्डको इतिहास कस्तो थियोरु ती सबै आन्दोलनकै उपज हुन्।”

    चौधरीले अहिले आफूलाई चुनाव लड्न नदिने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गरे। उनका अनुसार, जेनजीका अगुवा पुरुषोत्तम यादवले आफूलाई चुनावमा उम्मेदवार हुन नदिने कुरा गर्दै हिँडेका छन्। उनले यसबारे असन्तोष व्यक्त गर्दै भने, “अहिले भनिन्छ— चुनाव लड्न दिन्नँ, नेता हुन दिन्नँ। देश परिवर्तन गर्न हामी लड्यौं, संविधानमा अधिकार ल्यायौं। तर अहिले कलम चलाउनेहरूले फैसला गर्छन्, अनि हामीले त्यसैलाई स्वीकार गर्नुपर्छरु” चौधरीको वक्तव्यले आगामी निर्वाचनमा थारू समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वबारे नयाँ बहस सुरु हुने संकेत गरेको छ।

  • मैथिली कला प्रवर्द्धनका लागि सामा–चकेवा मूर्तिकला कार्यशाला सुरु

    मैथिली कला प्रवर्द्धनका लागि सामा–चकेवा मूर्तिकला कार्यशाला सुरु

    जनकपुरधाम कार्तिक १४ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु भएको ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ शुक्रबारबाट औपचारिक रूपमा प्रारम्भ भएको छ।

    कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा इङ्गल्यान्ड निवासी मधेस विषयका अनुसन्धानकर्ता माइकल हट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न कलाकार, अनुसन्धानकर्ता र संस्कृतिप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यशालामा सामा–चकेवा पर्वको सांस्कृतिक र कलात्मक पक्ष, यसको सामाजिक सन्देश र नयाँ पुस्तालाई परम्परासँग जोड्ने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

    मुख्य अतिथि माइकल हट्टले मिथिला क्षेत्रको सांस्कृतिक गहिराइ र सामा–चकेवा पर्वले समाजमा ल्याउने एकता र आत्मीयताको भावबारे प्रकाश पारे। उनले भने, “स्थानीय कलाकारहरूको सीप र सृजनशीलतालाई विश्वसामु प्रस्तुत गर्न अध्ययन, अभिलेखीकरण र प्रोत्साहन आवश्यक छ। यसले हाम्रो सांस्कृतिक सम्पदालाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहयोग पुर्‍याउँछ।”

    त्यसैगरी कोषका अध्यक्ष चौधरीले सामा–चकेवा पर्वलाई मिथिलाञ्चलको सांस्कृतिक पहिचानको जरा भएको बताए। उनका शब्दमा, “यो पर्वले दिदीबहिनी र भाइबीचको प्रेम र आत्मीयताको सन्देश दिन्छ। मैथिली विकास कोषले युवा र विद्यार्थीलाई परम्परागत मूर्तिकला सिक्न प्रेरित गर्दै आएको छ।”

    अन्य वक्ताहरूले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरूलाई मिथिलाको कलात्मकता र सामाजिक सम्बन्धको प्रतीकका रूपमा व्याख्या गर्दै यस्ता कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यशालामा सहभागी कलाकारहरूले सामा–चकेवा पर्वसँग सम्बन्धित विभिन्न मूर्तिहरूको निर्माण अभ्यास गरेका थिए। उनीहरूलाई परम्परागत कलामा आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँपन थप्ने सुझाव पनि दिइयो। मैथिली विकास कोषका अनुसार आगामी दिनमा यस्ता कला–संस्कृति केन्द्रित कार्यक्रमहरूलाई विद्यालय र समुदाय स्तरमा विस्तार गर्ने योजना रहेको छ।कार्यक्रममा कोषका सदस्यहरू श्यामसुन्दर शशी, नित्यानन्द मण्डल, रूबी पाठक, सुधा कर्ण लगायतको सक्रिय सहभागिता रहेको थियो।

  • मधेशका मुख्यमन्त्री सोनल कात्तिक २२ गते विश्वासको मत लिन तयार

    मधेशका मुख्यमन्त्री सोनल कात्तिक २२ गते विश्वासको मत लिन तयार

    जनकपुरधाम कार्तिक १३ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिन लागेका छन्। बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले यही मिति तय गरेको हो।

    विश्वासको मत पश्चात मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरिरहेका छन्। बैठकमा सरकारलाई विश्वासको मत दिने आश्वासन दिएका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका एक–एक सांसदको पनि सहभागिता रहेको थियो। गत असोज २९ गते पाँच दल – जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी – का ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। सोनलले विश्वासको मत लिन दलहरूसँग समन्वय भइरहेको जानकारी दिएका छन्। सरकारको आशावादी पक्षका अनुसार, ५८ सांसदको समर्थन जुट्ने अपेक्षा छ। प्रदेशसभाको १०७ सदस्यीयमा विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ।

    हाल गठबन्धन सरकारलाई जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ गरी ५५ सांसदको समर्थन रहेको छ। तीन जना सांसद हाल निलम्बित अवस्थामा छन्।

  • नाउपा छोडेपछि रेशम चौधरीको नयाँ दल दर्ताका लागि आयोगमा पेश

    नाउपा छोडेपछि रेशम चौधरीको नयाँ दल दर्ताका लागि आयोगमा पेश

    काठमाडौँ कार्तिक १३ । नागरिक उन्मुक्ति पार्टी नाउपा छोडेका रेशम चौधरीसहितका नेताहरू नयाँ दल “नागरिक उन्मुक्ति पार्टी, नेपाल” दर्ताका लागि बिहीबार निर्वाचन आयोग पुगेका छन्।

    चौधरीसहित अन्य नेताहरू एउटै पोशाकमा आयोग पुगेका थिए र दल दर्ताका आवश्यक कागजात पेश गर्न लागेका छन्। नयाँ पार्टीको चुनाव चिन्हको रूपमा जाँतो माग गरिएको छ। यस अवसरमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी छोडेका अब्दुल खान पनि आयोगमा उपस्थित थिए। अब्दुलसँगै असोजको पहिलो साता थप पाँच जना केन्द्रीय नेताले जनमत पार्टी छोड्ने निर्णय गरिसकेको बताइएको छ।

    टीकापुर घटनापछि भूमिगत राजनीति गर्दै भारी मतले चुनाव जितेका रेशमले आफैंको संरक्षणमा नयाँ पार्टी खोलेका हुन्। पछिल्लो समय राजनीतिक र पारिवारिक विवाद बढेपछि रेशम र उनकी पत्नी रञ्जिता श्रेष्ठ फरक–फरक समूहमा देखिन थालेका थिए।

  • रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित

    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित

    काठमाडौँ कार्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ।

    उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलाशमा दुवैको सुनुवाइ हुने कार्यसूची प्रकाशित भएको थियो। तर जोशीका तर्फबाट स्थगितको निवेदन परेकोले सुनुवाइ स्थगित गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुंवरले जानकारी दिए। कुँवरका अनुसार, “अर्को बिहीबार साप्ताहिक पेशी तोकिएको छ। दुवै प्रतिवादीको तर्फबाट स्थगितको निवेदन नपरेमा सुनुवाइ हुने छ।” यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले छविलाल जोशीको मुद्दासँगै दुवै मुद्दा एकसाथ राख्न आदेश दिएको थियो।

    बुटवलको सुप्रिम सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरिसकेका थिए। तर जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित पेश गरेका थिए भने जोशीले पनि उस्तै रकम जमानत प्रस्तुत गरेका थिए। उच्च अदालतले दुवै प्रतिवादीको भागमा कति बिगो कायम हुने यकिन नभएको कारण रिहा नहुने आदेश गरेको थियो। पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन्। लामिछानेलाई ललितपुर नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन्।

  • भीषण दुर्घटना : बैतडीमा भीरमा खस्दा तीन जनाले गुमाए ज्यान

    भीषण दुर्घटना : बैतडीमा भीरमा खस्दा तीन जनाले गुमाए ज्यान

    बैतडी कार्तिक १३ । बैतडीमा छुट्टाछुट्टै स्थानमा भीरबाट लड्दा तीन जनाको ज्यान गएको छ।

    मृत्यु हुनेमा मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्की रहेका छन्।

    प्रहरीका अनुसार, बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि खोजतलासका क्रममा बिहीबार दिउँसो शिवनाथ–६ ओल्या भीरबाट करिब ५ सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै, शिवनाथ जात्राबाट फर्किँदै गर्दा इन्द्रसिंह साउदको पनि भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का मृतक हरुली कार्की बुधबारदेखि हराइरहेकी थिइन्। उनको खोजी गर्ने क्रममा न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा भीरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

    तीनवटै घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

  • डा. सीके राउतको जनमत पार्टी परित्याग गरेका अब्दुल खान रेशम चौधरीको दलमा सामेल

    डा. सीके राउतको जनमत पार्टी परित्याग गरेका अब्दुल खान रेशम चौधरीको दलमा सामेल

    जनकपुरधाम कार्तिक १३ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका उपाध्यक्ष अब्दुल खानले रेशम चौधरीको नेतृत्वमा नवगठित नागरिक उन्मुक्ति पार्टी नेपाल मा प्रवेश गरेका छन्।

    बिहीबार नयाँ दल दर्ता गर्ने क्रममा अब्दुल खान र रेशम चौधरी दुवै जना निर्वाचन आयोग पुगेका थिए। आयोगमा निवेदन दर्ता गर्दै चौधरीले जनमत पार्टीबाट अलग भएर नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन्।

    जनमत पार्टीभित्र लामो समयदेखि आन्तरिक मतभेद देखिँदै आएको थियो। विशेषतः रेशम चौधरी र उनकी पत्नी रञ्जिता श्रेष्ठबीचको विवादपछि चौधरीले नयाँ दल गठनको तयारी अघि बढाएका थिए। रेशमले जनमतसँग सम्बन्ध विच्छेद गर्दै ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ राजनीतिक संगठन स्थापना गरेका हुन्। यसअघि असोजको पहिलो साता अब्दुल खानसहित जनमतका पाँच जना केन्द्रीय नेताले पार्टी छोड्ने निर्णय गरेका थिए।

  • महोत्तरीमा दुर्घटनापछि आक्रोश : बालिकाको मृत्युपछि स्थानीयले सडक रोके

    महोत्तरीमा दुर्घटनापछि आक्रोश : बालिकाको मृत्युपछि स्थानीयले सडक रोके

    जनकपुरधाम कार्तिक १३ । महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।

    बुधबार अपरान्ह साइकलमा विद्यालयतर्फ जाँदै गरेकी १० वर्षीया शिवानी यादवलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। गम्भीर अवस्थामा रहेका शिवानीलाई उपचारका लागि महोत्तरीको जानकी एकेडेमिक हस्पिटलमा लगिएको थियो, तर राति नै उनको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए। डिएसपी भट्टका अनुसार, कालो ज्याकेट लगाएको व्यक्ति सवार मोटरसाइकलले ठक्कर दिएर घटनास्थलबाट फरार भएको छ। हाल ठक्कर दिने मोटरसाइकल र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    घटनापछि आक्रोशित स्थानीयवासीले बिहीबार बिहान ११ बजेदेखि कटुधार क्षेत्रमा हुलाकी राजमार्ग अवरुद्ध गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। यसबीच, इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र प्रहरीबीच वार्ता भएको छ। दुई दिनभित्र दोषी पत्ता लगाई कारबाही अघि बढाउने सहमतिसँगै स्थानीयले सडक खुलाउने तयारी गरेको बताएका छन्।

  • देशभर सक्रिय मौसमका बीच सतर्कता अपनाउन आग्रह

    देशभर सक्रिय मौसमका बीच सतर्कता अपनाउन आग्रह

    काठमाडौँ कार्तिक १३ । देशभर वर्षासँगै मौसम सक्रिय बन्दै गएको छ । लगातारको वर्षाले धेरै स्थानमा सडक र यातायातमा असर पारे पनि मुग्लिन–नारायणगढ सडक खण्डमा हालसम्म कुनै पनि अवरोध नभएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    सडक डिभिजनका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार भारी वर्षा भए पनि सडक सञ्चालनमा रहेको र सवारीसाधनको आवागमन सामान्य रूपमा भइरहेको छ । उनले भने, “हालसम्म कुनै पहिरो वा बाटो अवरुद्ध हुने घटना भएको छैन, सडक सुचारु अवस्थामा छ ।”

    तर वर्षातको समयमा उक्त क्षेत्र पहिरोको उच्च जोखिमयुक्त भएकाले यात्रु र चालकहरूलाई सतर्क रहन आग्रह गरिएको छ । सडक डिभिजनले यात्रुहरूलाई यात्रा अघि सडकको अवस्था बुझ्ने, ट्राफिक नियम पालना गर्ने र लेन अनुशासनमा रही सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेको छ । सडक डिभिजनले थप जनाएको छ, “निरन्तर वर्षा भइरहेकाले आकस्मिक घटनाको सम्भावना रहन्छ, त्यसैले सावधानी अपनाउन अत्यावश्यक छ ।”

  • गाजामा इजरायलको हवाई आक्रमण, १०० जनाभन्दा बढीको मृत्यु

    गाजामा इजरायलको हवाई आक्रमण, १०० जनाभन्दा बढीको मृत्यु

    एजेन्सी कार्तिक १३ । इजरायली सेनाले मंगलबार राति गाजामा गरेको हवाई आक्रमणमा हालसम्म १ सय ४० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    इजरायली सेनाको आक्रमण अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौता उल्लङ्घन भएको आरोपमा आएको बताइएको छ। इजरायलका रक्षामन्त्रीले गाजामा हमासमाथि हमला गरी मृतक बन्धकहरूको शव फिर्ता गर्ने सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। तर हमासले आक्रमणसँग यसको कुनै सम्बन्ध नभएको र सम्झौताप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामलाई खतरामा पार्ने कुनै गतिविधि नभएको बताएका छन्। तर उहाँले इजरायलले आफ्ना सैनिकहरूलाई लक्षित गरिएको घटनामा प्रतिक्रिया दिनुपर्ने तर्क राख्नुभएको छ।

  • मधेस प्रदेश विपद् व्यवस्थापन बैठक, जनशक्ति परिचालन तयारीमा

    मधेस प्रदेश विपद् व्यवस्थापन बैठक, जनशक्ति परिचालन तयारीमा

    जनकपुरधाम कार्तिक १३ । केही दिनयता आएको मौसम परिवर्तनका कारण मधेस प्रदेशमा भारी वर्षाको चेतावनी जारी भएको छ। यसलाई ध्यानमा राख्दै प्रदेश सरकारले आपतकालीन तयारी सुरु गरेको छ।

    प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा सम्पन्न प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनल र सुरक्षा निकायका प्रमुखहरूले भाग लिए। बैठकमा भारतको उडिसाबाट सुरु भएको मोन्था चक्रवातको प्रभाव बिहीबारदेखि प्रदेशमा पर्ने सम्भावना र पूर्वतयारीका उपायमा छलफल भएको हो।

    जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेको छ। मुख्यमन्त्री सोनलले सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गर्दै, प्रदेशका मुख्य नदीहरू—सप्तकोशी, बागमती, कमला, रातु, लखनदेही—को जलस्तर खतरा निशानभन्दा माथि पुग्ने सम्भावना भएकाले तटीय क्षेत्रका बस्तीहरूको सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार तत्पर रहेको बताए। उहाँले थपे, “विपद् जोखिम न्यूनीकरणका लागि हामी अधिकतम प्रयास गर्नेछौं र उपलब्ध सम्पूर्ण जनशक्ति परिचालन गरी सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता छ।”

  • राष्ट्रिय सभा निर्वाचन माघ ११ गते तय

    राष्ट्रिय सभा निर्वाचन माघ ११ गते तय

    काठमाडौँ कार्तिक १३ । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि निर्वाचन माघ ११ आइतबार गर्ने निर्णय गरेको छ।

    नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको निर्वाचन माघमा गर्ने निर्णयसहित कुल पाँच निर्णयहरू गरेको छ।

    बैठकले अन्य निर्णयहरूमा नेपाल र मौरिसेसबीचको दोहोरो कर मुक्तिको सम्झौता अन्त्य, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा परिमार्जन, र स्वकीय सचिवालयको दरबन्दी घटाउने कार्य समावेश भएको छ। प्रवक्ता खरेलले यी निर्णयहरू संसदको कार्य संचालन र सरकारी संरचनामा सुधारका लागि आवश्यक रहेको बताए।