Blog

  • वडाध्यक्ष नै दुई देशको नागरिक

    वडाध्यक्ष नै दुई देशको नागरिक

    लहान: सिरहामा एक जनप्रतिनिधी दुई देशको नागरिक रहेको खुलासा भएको छ । लहान नगरपालिका ७ का वडाध्यक्ष रामऔतार शर्मा नेपाल भारत दुई देशको नागरिरक भएको पाईएको हो ।

    नेपालमा लहान ७ घर भएका ५२ बर्षिय वडाध्यक्ष शर्मा भारत राजस्थानको खान्दवा तहसील बुहाना झुनझुनका स्थायि बासिन्दा हुन् । राजस्थानका उच्च सरकारी अधिकारीहरुले उपलब्ध गराएको कागजपत्र अनुसार झुनझुन राजस्थानमा उनको मतदाता नामाबलिमा नाम अझै छ । उनको मतदाता क्रमसँख्या १०२४ हो भने मतदाता नम्बर १८६०६९७ हो ( हे. तस्विर ) । मतदाता नामाबलीमा उनको माता पिताको नाम क्रमशः बिमला देवि र विश्वम्भर दयाल उल्लेख छ ।

    तिनै वडाध्यक्ष रामऔतार शर्माले हालै आफ्नो भाईसँग गरेको अंशबण्डाले पनि भारतको नागरिकता हालसम्म नत्यागेके प्रमाणित हुन्छ । वडाध्यक्ष शर्माले ४० बर्षिय भाई विकास शर्मासँग सन् २०१७ मा जग्गा अंशबण्डा गरेको कागजपत्र फेला परेको छ ( हे. तस्विर ) ।
    वडाध्यक्ष शर्माले नेपालको नागरिकता भने २०५४ सालमा लिएको देखिन्छ । हामीलाई प्राप्त वडाध्यक्ष शर्माको नागरिकताको छायाँकपीमा शर्माले २०५४ साल ११ महिना २८ गते इलाका प्रशासन कार्यालय लहानबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको ब्येहोरा उल्लेख छ । नागरिकतामा भारतमा झैँ नेपाली नागरिकतामा पनि पिताको नाम बिश्वम्भर दयाल उल्लेख गरिए पनि थरमा शर्मा थपिएको छ । नागरिकताको प्रमाणपत्र दिने अधिकारीको नाम हरिहर दहाल उल्लेख गरिएको छ भने नागरिकता प्रमाणपत्र नं. १८९ रहेको छ । शर्माले २०६५ सालमा नागरिकताको दोश्रो प्रतिलिपी लिएको देखिन्छ ।

    शर्मासँग तपाईँको दुबै देशको नागरिक हुनुहुँदो रहेछ नि भनेर प्रश्न गर्दा बिपक्षहरुले आफूलाई बदनाम गर्न झुठो हल्ला गरेको दाबी गरे ।

  • एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

    एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

    काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

  • प्रधानमन्त्री प्रचण्ड पदमुक्त

    प्रधानमन्त्री प्रचण्ड पदमुक्त

     

    प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

    २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

    १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

    दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।

     

  • प्रधानमन्त्री प्रचण्डले आज बिश्वासकाे मत लिदै

    प्रधानमन्त्री प्रचण्डले आज बिश्वासकाे मत लिदै

    काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।

    विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

    संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।

  • कुखुरा फर्ममा संचालकको हत्या

    कुखुरा फर्ममा संचालकको हत्या

    मोरङ । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।

    बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

    घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताए।

    बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ।

    मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताए।

    बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्(श्रीमती बस्दै आएका थिए। घटनापछि दुवै जना फरार छन्। उनीहरूको खोजी भइरहेको कार्कीले बताए।

    मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए।

  • प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसका सांसदलाई ह्वीप

    प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसका सांसदलाई ह्वीप

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

    प्रचण्डले भोलि असार २८ गते संसदबाट विश्वासको मत लिदैछन् । त्यस्तै, कांग्रेसले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए।

    उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको बताए।

    नेकपा एमालेले पनि हिजो नै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।

    नेपाली कांग्रेससँग समीकरणको समझदारी भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसकारण संवैधानिक व्‍यवस्थाअनुसार प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका हुन्।

     

  • सरकारमा जान प्रकाशमानको देउवासमक्ष ईच्छा प्रकट

    सरकारमा जान प्रकाशमानको देउवासमक्ष ईच्छा प्रकट

    काठमाडौ । अब बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि नेपाली कांग्रेसमा प्रकाशमान सिंहले ईच्छा देखाएका छन् । कांग्रेसभित्र शेरबहादुर देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका आकांक्षी देखिएका छन् ।

    हालैमात्र दिल्लीमा उपचार गराएर फर्किएका कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले बुधबार बिहान देउवालाई भेटेर आफ्नो स्वास्थ्य अवस्था र सरकारमा जाने चाहना खुलेरै व्यक्त गरेका छन् । पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले आरजु राणा देउवासँग पनि अलग्गै पारिवारिक वातावरणमा छलफल गरेका थिए ।

    देउवासँग प्रकाशमान दम्पतीले करिब २० मिनेट बेग्लै भेट गरेका थिए । नेता सिंह यसपटक कांग्रेसबाट सरकारको नेतृत्व गरेर जान इच्छुक छन् । उनले १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको त्यागको समेत स्मरण गराएको बताइन्छ ।

    देउवालाई आफूलाई सभापतिमा सघाएकामध्ये कृष्ण सिटौलालाई राष्ट्रियसभामा ल्याएर अध्यक्ष बनाउन चाहेका थिए । तर, माओवादीले अन्तिममा गठबन्धन तोडेपछि सिटौला अध्यक्ष बन्न पाएनन् । तर देउवाले भने गुन तिरे ।

    त्यस्तै सभापतिमा सघाएका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाइसकेका देउवाले प्रकाशमान सिंह र शशांक कोइरालालाई पनि गुन तिर्ने आश्वासन दिएका थिए । यसपटक प्रकाशमानक सरकारमा जान जोडबल लगाइरहेका छन् भने सशांकको चाहना अझै प्रष्ट छैन । उनी देउवालाई आफूलाई सभापति नै बनाइदिने आशामा छन् ।

    प्रकाशमानले कांग्रेसबाट सरकारको नेतृत्व गर्ने सम्भावनासँगै उनले पाउने मन्त्रालयबारे भने अहिलेसम्म छलफल नै भएको छैन । बुधबारै संघीय निजामती ऐनको बारेमा छलफल गर्न बूढानीलकण्ठ पुगेका कांग्रेसनिकट कर्मचारी युनियनका नेताहरूसँग देउवाले गृहमन्त्रालय कांग्रेसले नै पाउने भन्ने सहमति भइनसकेको बताएका छन् । कतै शीर्ष तहमा प्रधानमन्त्री हुने दलले नै गृह र अर्थमन्त्रालय राख्ने समझदारी भएको हो कि भन्ने आशंकासमेत जन्मिएको छ ।

    यसअघि अर्थ एमाले र गृह कांग्रेसले पाउने सहमति भएको भनेर चर्चा भए पनि देउवाले कांग्रेसले गृह पाउने निश्चित नभएको बताएका हुन् । गृह कांग्रेसले नै पाए पनि रमेश लेखक त्यसको प्रमुख दाबेदार मानिएका छन् । त्यस्तो अवस्थामा प्रकाशमान रक्षामन्त्री भएर सरकारमा जाने सम्भावना पनि छ ।

    दिल्लीबाट फर्किएपछि कांग्रेसका अधिकांश नेताहरुले चाक्सीबारीमै पुगेर प्रकाशमानको स्वास्थ्यलाभको कामना गरेका छन् । सोही क्रममा देउवा दम्पत्तिको चासो भएकाले भेटेर सन्चो बिसन्चोको कुरा हुने क्रममा सरकार कसरी बन्दैछ र कांग्रेसबाट को जाने भन्नेबार अनौपचारिक कुराकानीमात्र भएको सिंहनिकट स्रोतले जनाएको छ ।

  • बदमासि गर्ने ईञ्जिनियर जागिरबाट निकालिए

    बदमासि गर्ने ईञ्जिनियर जागिरबाट निकालिए

    लहान । सिरहाकाे लहान नगरपालिकाबाट एक ईञ्जिनियर जागिरबाट निकालिएका छन् । आर्थिक प्रलाेभनमा परि नगरपालिकाकाे मापदण्ड बिपरित घर बनाउन नक्सा पास गरेकाे भन्दै ईञ्जिनियर एकमणि शिपालियालाई निश्काशन गरेकाे हाे ।

    बर्षाैँदेखि करारमा कार्यरत सिपालिया नगरपालिकाकाे नक्सा शाखा प्रमुख थिए ।

    नगरपालिका स्राेतका अनुसार ईञ्जिनियर सिपालियाले भनेजति रकम अनियमित रूपमा लिएर घर बनाउन नक्सा पास गरिदिदै आएकाेमा नगरपालिकाले पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाथिए ।

    सिपालियाले मापदण्ड बिपरित नक्सा पास गरिदिएका लहानका सयाैँ घरहरू भत्काउने पर्ने अबस्था रहेकाे बताईएकाे छ ।

    कतिपयअबस्थामा उनले बिना राजश्व पनि धेरैकाे घर बनाउने नक्सा पास गरिदिएकाे पाईएकाे पनि बताईएकाे छ ।
    ईञ्जिनियर एकमणी सिपालियाकाे पुर्ख्याैली घर बिराटनगर हाे । भनिन्छ ७ बर्षदेखी लहान नगरपालिकामा कार्यारत सिपालियाले अनियमितता गरेकाे पैसाले लहान बजारमा घर ठड्याएकाछन्भने धेरै ठाउँमा घडेरी पनि जाेडेकाछन् ।

    सिपालियाले भ्रष्टचार गरेकाेभन्दै हालै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा उजुरी समेत दर्ता भएकाे छ । उजुरी दर्तापछि अख्तियारले सिपालिया प्रमुख रहेकाे नक्शा शाखाका सबै कागजाग नियन्त्रणमा लिएर अनुशन्धान अघि बढाएकाे छ ।

  • परस्त्रीसँग नाजायज सम्बन्ध गाँसेका एसएसपी रेग्मीको जागिर धरापमा !

    परस्त्रीसँग नाजायज सम्बन्ध गाँसेका एसएसपी रेग्मीको जागिर धरापमा !

    काठमाडौं । नेपाल प्रहरीका एसएसपी दिपक रेग्मीले आफ्नो गर्लफ्रेन्डसँग गरेको अश्लील संवादको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बन्न पुगेको छ ।

    एसएसपी रेग्मी आफू बागलुङमा रहँदा लगाएको पिरती पोखरामा आएपछि सामाजिक संजालमा छताछुल्ल भएको हो ।

    अहिले एसएसपी रेग्मीले आफ्नी प्रेमिकासँग गरेको अन्तरंग सम्बन्धको भिडियोकल भाइरल भएको छ। यसँसँगै उनलाई विभागीय कार्वाही गर्नका लागि चर्को दबाब समेत परेको छ ।प्रहरी संगठनले यस विषयमा उनीसँग स्पष्टीकरण लिने तयारी समेत गरेको छ । यससँगै उनको जागिर नै धरापमा पर्न गएकोछ ।

    स्रोतले खप्तडटिभीलाई प्रधान गरेको भिडियोमा उनले नाजायज सम्बन्धमा रहेकी गर्लफ्रेन्डसँग गरेको शारिरिक सम्बन्धदेखी हाल हुँदै आएको सम्बन्धका विषयमा समेत खुला रुपमा बहस गरेको पाइएको छ ।

    उक्त भिडियोमा भएको कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो रातिको हो।

    सो भिडिओमा महिलालाई ती एसएसपी रेग्मीले ‘भाग्यमानी छु भन न’ भनेर भन्दा युवतीले, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ। बिहे गरेर हुने भनेको पनि त्यही नै हो।’ भनेकी छन्। यो संवाद सुन्दा उनीहरुबीच शारिरिक सम्बन्ध भएको प्रष्टै थाहा हुन्छ ।

    महिलाले चाहिँ संवादको क्रममा ‘यता यस्तो हुने रहेछ, त्यसैले उता बिग्रेको’ भनेकी छिन्। यसबाट महिलाले पहिलो पतिसँग डिभोर्स गरेको बुझिन्छ भने दुबैले रातको समय आ–आफ्नो बेडमा बसेर संवाद गरेको देखिन्छ।

    फोनमा महिलाले बागलुङमा उनलाई बर्दीमै भेटेको पनि बताएकी छिन्। सोही सन्दर्भमा एसएसपी रातको बेला कफी खान बोलाउँदै भन्छन्, ‘ल, कफी खान आइज भोलि। सिक हुन पाउँदिनस्। तँ सिक हुन्छेस्।’ महिलाले जवाफ दिन्छिन् ‘म सिक हुन्न।’

    यसमा महिला यौनप्रति धेरै नै आशक्ति रहेको झल्किन्छ ।

    अर्को सम्वाददमा ‘तँ एक्लै नआइज। छोरोलाई पनि लिएर नआइज। तेरो गार्जियन लिएर आइज,’ एसएसपीले भनेपछि महिलाले चुप्पा गर्दै जवाफ दिन्छन्, ‘बूढो भेट्न आउँदा नि गार्जियन लिएर आउँछ कोही रु’

    एसएसपीले आफूले आँखा नलगाउने खालको महिला लिएर आउन पनि भनेको सुनिन्छ। महिला भने आफू हुँदाहुँदै अरुलाई आँखा लगाउन नपाइने बताउँछिन्।

    कुराकानीको क्रममा रेग्मीले भेट एक महिनामा एक चोटी हुने तर त्यो भेट कडा हुने बताएका छन्। ‘राम्री भएर तयार हुनु’ उनको निर्देशनरुपी भाषा छ।

    कुराकानीमा महिलाले पोखरामा अब एउटा ब्वाइफ्रेन्ड बनाउने कुरो गर्छिन्। रेग्मीले पनि आफूलाई अर्की एउटी गर्लफ्रेन्ड खोजिदिन अनुरोध गरेपछि महिलाले ‘मार्दिन्छु’ भन्छिन् र अरुसङ्ग लागेको थाहा पाएमा उनकै पेस्तोल थुतेर हान्ने चेतावनीयुक्त भाषा प्रयोग गर्छिन ।

    इमोसनलरुपमा गरिएको उक्त गफमा एसएसपीले महिलाको बहिनीलाई नै पट्याइदिने बताएका छन्।

    बिदाई कार्यक्रम सकेर भोलिपल्ट ११ बजे आफू हिँड्ने जानकारी दिदै गर्दा भिडियोमा महिला रुँदै गरेको देखिन्छ। रेग्मी नरुन आग्रह गर्दै भन्छन्, ‘गल्ती तेरै हो। त्यो केही पनि होइन।’

    मुसलधारे आँशुु खसाले पनि महिला लामो समयसम्म बोल्दिनन्। रेग्मीले त्यही समयमा थप्दै भन्छन्, ‘यो विषयमा अब एकरत्ति केही हुँदैन ढुक्क हुनु, कुरो बुझिस् रु’ भन्छन् । केही पनि हुर्दैन ।

    भिडियोमा महिलाले आफू विदेश जाने, हरेक वर्ष यहाँ आउने उल्लेख गर्दै भनेकी छन्, ‘छोरोलाई होस्टेल हाल्ने कि के गर्नेमा तनाव छ।’

    श्रीमानसँगको सम्बन्ध राम्रो बनाउन एसएसपीले आग्रह गर्दा उनले ठाडै इन्कार गरेकी छन्।

  • एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् कार्यसूची

    एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् कार्यसूची