फार्मेसी एसोसिएसन नेपाल धनुषाको अध्यक्षमा निरज निर्वाचित

जनकपुरधाम ।
फार्मेसी एसोसिएसन अफ नेपाल धनुषाको अध्यक्षमा निरजकुमार मण्डल निर्वाचित भएका छन् । फार्मेसी एसोसिएसन अफ नेपाल धनुषाको पहिलो अधिवेशनबाट मण्डल अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै एसोसिएसनको उपाध्यक्षमा अरुणकुमार शाह निर्वाचित भएका हुन् । त्यस्तै अन्य पदाधिकारीहरुमा महासचिवमा सुदिपकुमार महतो, सचिवमा त्रिलोक कुमार साह र कोषाध्यक्ष अजितकुमार ठाकुर निर्वाचित भएका हुन् ।
सदस्यहरुमा संजिव महतो, राम ईश्वर, गुलाम मुस्तफा, विजय भगत, रविन्द्र कुमार महतो र रुपेशकुमार दास निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ