गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक जना सदस्य भने रिक्त थियो । उक्त कोटामा यसअघि नियुक्त भएका वामदेव गौतमको कार्यकाल सकिएको छ ।

अर्याल सरकारबाट बाहिरिए पनि अब राष्ट्रियसभामा हुने भएका छन् । अर्याल रास्वपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन शाहका पूर्वकानुनी सल्लाहकार पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर