काठमाडौँ असोज २६ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि सानो तर स्थिर वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार १२५ रुपैयाँ मा कारोबार भइरहेको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको व्यवसायीहरू बताउँछन्। मूल्य वृद्धिसँगै सुनचाँदी व्यवसायमा केही सक्रियता देखिएको भए पनि उपभोक्ताहरू भने उच्च मूल्यका कारण खरिद गर्न हिच्किचाउन थालेका छन्।
