मधेस प्रदेशसभा सञ्चालनपूर्व भवन सरसफाई तीव्र

जनकपुरधाम असोज ४ । असोज ७ गतेका लागि मधेस प्रदेशसभाको बैठक तय भएसँगै प्रदेशसभा भवनको सरसफाई तथा पुनः व्यवस्थापनको काम तीव्र रुपमा अघि बढाइएको छ।

भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदेशसभा भवनमा तोडफोड, आगजनी र लुटपाट जस्ता घटनाले गम्भीर क्षति पुगेपछि अहिले संरचना पुनः सञ्चालन योग्य बनाउन निरन्तर प्रयास भइरहेको छ।

बैठक कक्ष, कार्यालय कक्षलगायतका प्रभावित संरचनाहरूको सरसफाई र आवश्यक मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा सर्वदलीय नेताहरू समेत प्रदेशसभा भवनमा उपस्थित भई व्यवस्थापनमा सक्रिय छन्। स्थानीय प्रशासन, प्रदेशसभा सचिवालय र विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरूको समन्वयमा हाल धमाधम तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ