उपेन्द्र यादवद्वारा कार्कीको प्रधानमन्त्री नियुक्तिलाई ऐतिहासिक अवसरको रूपमा स्वागत

जनकपुरधाम भदौ २८ । नेपालकी प्रथम महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन्।

शनिबार सार्वजनिक गरिएको शुभकामना सन्देशमा अध्यक्ष यादवले कार्कीको नेतृत्वमा मुलुकले संघीयता, लोकतन्त्र र गणतन्त्रका ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै विधिको शासनको संस्थागत विकास गर्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा बहिष्करणमा परेका सीमान्तकृत समुदायले अब न्याय पाउने आशा व्यक्त गर्दै, नयाँ नेतृत्वले समावेशी, न्यायपूर्ण र उत्तरदायी शासन प्रणालीको अभ्यास गर्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ