जेनजी आन्दोलन: मृतक संख्या ५१ पुग्दा देश शोकमा

काठमाडौँ भदौ २७ । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, आन्दोलनका क्रममा विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको ज्यान गएपछि मृतक संख्या बढेको हो।

काठमाडौँस्थित सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, एभरेष्ट, फ्रन्टलाइन, केएमसी, र बयोधा अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचाररत आन्दोलनकारीमध्ये केहीको अवस्था गम्भीर थियो। त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, इलाम अस्पताल, भेरी अस्पताल, बीएनसी अस्पताल र रामेछाप अस्पतालमा समेत घाइतेको उपचार भइरहेका बेला ज्यान गएको पुष्टि भएको छ। स्वास्थ्य संस्थाहरूमा अझै केही घाइतेको अवस्था चिन्ताजनक रहेको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ