काठमाडौँ भदौ २६ । देशव्यापी रूपमा चर्किएको जेन्जी आन्दोलनले भयावह रूप लिँदै गएको छ। आन्दोलन सुरु भएको केही दिनमै ३४ जनाले ज्यान गुमाएका छन् भने ३३१ जना अझै अस्पतालमा उपचाररत छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, ९४९ जना उपचारपछि घर फर्किएका छन्।
अस्पतालका शैयामा संघर्षरत नागरिक
देशका विभिन्न अस्पतालमा अहिले पनि आन्दोलनमा घाइते भएका सयौं नागरिक जीवन र मृत्युको सङ्घारमा छन्। काठमाडौंका अस्पतालहरूमा सबैभन्दा धेरै मृत्यु भएका विवरण यस प्रकार छन ;
राष्ट्रिय ट्रमा सेन्टर – ८ मृत्यु
सिभिल अस्पताल – ६ मृत्यु
भेरी अस्पताल – ५ मृत्यु
एभरेस्ट अस्पताल – ३ मृत्यु
फ्रन्टलाइन अस्पताल – ३ मृत्यु
केएमसी अस्पताल – २ मृत्यु
त्रिवि शिक्षण अस्पताल – १ मृत्यु
बयोधा अस्पताल – २ मृत्यु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – २ मृत्यु
बीएनसी अस्पताल – १ मृत्यु
बिर्तासिटी अस्पताल – १ मृत्यु
आन्दोलनको ज्वालामा देश, जनताको चीत्कार सुनिँदै
सडकमा सुरु भएको आवाज अहिले रगत, आँसु र वेदनामा परिणत हुँदै गएको छ। अस्पतालका वार्डहरू आन्दोलनको खतरनाक परिणामको मौन साक्षी बनेका छन्। सरकारको दमन, प्रदर्शनकारीको आक्रोश र सामान्य जनताको असहजता मिलेर देशमा मानवीय संकटको अवस्था सिर्जना हुँदैछ। सरकारद्वारा मृतकको संख्या पुष्टि भए पनि नयाँ घटनाहरू थपिँदै गएका छन्, जसले अवस्था अझ चुलिने संकेत दिएका छन्।
