जेनजीको दबाब चुलियो: रवि लामिछाने कारागारमुक्त

काठमाडौँ भदौ २४ । जारी जेनजी आन्दोलनको दबाब झनै चर्कंदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गरिएको छ।

प्रदर्शनकारीहरूले मंगलबार ललितपुरस्थित नख्खु कारागार अगाडि भेला भई जेल प्रशासनमाथि दबाब सिर्जना गरेका थिए। घटनास्थलमा उपस्थिति बाक्लिँदै गएपछि सुरक्षा अवस्था चनाखो बनाइएको थियो। प्रदर्शनकारीहरूको निरन्तर दबाबपछि कारागार प्रशासनले लामिछानेको रिहाइका लागि सहजीकरणू गरेको प्रहरीले जनाएको छ। प्रहरीका एक उच्च अधिकारीले भने, प्रदर्शनकारीको चापपछि रविलाई थुनामुक्त गरिएको हो। उनका अनुसार स्थिति नियन्त्रणमै रहेकाले कुनै अप्रिय घटना नभएको र सुरक्षा निकाय घटनास्थलमा तैनाथ रहेको जनाइएको छ।

यसअघि जेनजी आन्दोलनले देशभर राजनीतिक र सामाजिक तहमा असर पारिरहेका बेला, लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका समर्थक तथा स्वतन्त्र युवाहरू आन्दोलित हुँदै आएका थिए। उनीहरू लामिछानेमाथि गरिएको कारबाहीलाई राजनीतिक पूर्वाग्रहपूर्णू भन्दै विरोध जनाउँदै आएका थिए। रवि लामिछानेको थुनामुक्तिसँगै आन्दोलनले नयाँ मोड लिएको विश्लेषकहरूको ठम्याइ छ। अबको आन्दोलन कुन दिशातर्फ मोडिन्छ भन्नेबारे प्रस्ट खाका नबने पनि, यसको प्रभाव राजनीतिक तहमा गहिरो असर पार्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ