हेटौंडामा चट्याङ लागेर एकको मृत्यु

हेटौँडा भदौ २० । हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजा चट्याङ लागेर घटनास्थलमै मृत फेला परेका हुन्। स्थानीय धनबहादुर स्याङतानको किराना पसलमा दैनिक उपभोग्य सामग्री खरिद गर्न गएका बेला चट्याङ परेको प्रहरीको भनाइ छ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल लगिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ