देशभर डेंगुको तिव्र फैलावट, ७४ जिल्लामा ३८७२ संक्रमित

काठमाडौँ भदौ १९ । नेपालमा डेंगु संक्रमणको दर तीव्र रुपमा बढ्न थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडी का अनुसार, पछिल्लो २४ घण्टामा मात्रै १७ जना नयाँ संक्रमित फेला परेका छन्।

महाशाखाका अनुसार, पछिल्लो सात दिनको अवधिमा २६६ जना नयाँ संक्रमित थपिएका छन् भने २ जनाले ज्यान गुमाएका छन्। योसँगै चालु वर्षको पुस महिनादेखि हालसम्म ३,८७२ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। देशका ७७ मध्ये ७४ जिल्लामा डेंगु संक्रमित भेटिइसकेका छन्, जसले संक्रमणको जोखिम राष्ट्रिय स्तरमै फैलिएको संकेत गर्छ।

प्रदेशवार संक्रमितको विवरण

इडीसीडीका पछिल्ला आँकडाअनुसार, सातै प्रदेशमा डेंगु संक्रमित फेला परेका छन्। पछिल्लो सात दिनमा पुष्टि भएका नयाँ संक्रमितहरू यसप्रकार छन;

बागमती प्रदेश – ६५ जना

गण्डकी प्रदेश – ६० जना

लुम्बिनी प्रदेश – ६० जना

कर्णाली प्रदेश – ३५ जना

कोशी प्रदेश – २६ जना

सुदूरपश्चिम प्रदेश – १८ जना

मधेश प्रदेश – २ जना

यससँगै, हालसम्मको कुल संक्रमित संख्या हेर्दा, बागमती प्रदेश सबैभन्दा प्रभावित प्रदेश बनेको छस्

बागमती – ८११ जना

लुम्बिनी – ६८६ जना

कोशी – ६४७ जना

सुदूरपश्चिम – ४४७ जना

कर्णाली – १५५ जना

गण्डकी – १४९ जना

मधेश – ७७ जना

स्वास्थ्य विशेषज्ञहरूले सचेत रहन र समयमै स्वास्थ्य संस्थाको सम्पर्कमा जान सर्वसाधारणलाई आग्रह गरेका छन्। डेंगु संक्रमितको संख्या अझै बढ्न सक्ने जोखिम रहेकाले व्यक्तिगत सावधानी तथा स्थानीय निकायहरूको सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ