मधेश प्रदेश सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्‍यो

जनकपुरधाम भदौ १९ । मधेश प्रदेश सरकारले इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती मोहम्मद जयन्ती को अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार सूचना जारी गर्दै सबै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालयहरूमा शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिएका हुन्। मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा भोलि मधेश प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरिएको छ।

यसअघि पनि मधेश प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सम्बन्धित समुदायका पर्वहरूमा सार्वजनिक बिदा दिने परम्परा कायम गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ