जनकपुरधाम भदौ १८ । जनता समाजवादी पार्टी जसपा नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सिरहाको मिर्चैया नगरपालिकामा मंगलबार सम्पन्न भएको छ। अधिवेशनले अभरेन्द्र कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ समितिमा रामहृदय यादव र माला राय उपाध्यक्षमा, प्रवेश कुमार मिश्र मुख्यसचिवमा, नागेन्द्र यादव, प्रभा कुमारी यादव सचिवमा, र राम पुकार राउत तथा सरोज कुमार यादव समावेशी सचिवमा चयन भएका छन्। राजेश कुमार सिंह कोषाध्यक्ष बनेका छन्। सदस्यहरूमा उमेश यादव, राजेश प्रसाद यादव, शितल साह, ओमप्रकाश यादव, विनय कुमार अधिकारी, बह्मान्नद ठाकुर, र मेवालाल यादव रहेका छन्। महिला सदस्यमा अन्जली कुमारी राउत, रश्मी पटेल, आदिवासी जनजाती तर्फ जितेन्द्र सिंह दनुवार र ज्ञानेश्वर मण्डल, मुस्लिम सदस्यमा साविर आलम चयन भएका छन्।
अधिवेशनमा मधेश प्रदेशका आठ जिल्ला तथा अन्य प्रदेशबाट आएका जिल्ला पार्षद र केन्द्रिय पार्षदहरूको सहमतिमा अध्यक्ष चयन गरिएको निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीले जानकारी दिए। समितिको गठन दुईपक्षीय सहमतिमा भएको हो। नवगठित समितिलाई प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवान, उपाध्यक्ष मनोज कुमार यादव लगायत केन्द्रिय पदाधिकारीहरूले बधाई तथा शुभकामना दिएका छन्।
