जनकपुरधाम भदौ १३ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको कार्यवाहक नेतृत्व भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई सुम्पिएका छन्। स्विट्जरल्यान्डमा हुने एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जाने भएपछि सिंहले बिहीबार मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्।
मुख्यमन्त्री सिंह अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म स्विट्जरल्यान्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। उनको अनुपस्थितिमा सरकार सञ्चालनमा निरन्तरता दिन उनले यादवलाई जिम्मेवारी दिएका हुन्। मुख्यमन्त्री सिंहले लेखेको पत्रमा भनिएको छ, “म फर्किएर नआउन्जेलसम्मका लागि तपाईंलाई मधेस प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०८० को नियम १४ को उपनियम ९३० बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराउँछु।”
यस निर्णयसँगै मन्त्री यादव अब केही दिनका लागि प्रदेश सरकारको नेतृत्व सम्हाल्नेछन्।
