सिरहामा भन्सार छलि गरिएको सामान बोकेको स्कारपियो सशस्त्रको फन्दामा

सिरहा भदौ १३ । सिरहाको लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको लत्ताकपडा लोड गरिएको भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार साँझ करिब ८ बजेतिर सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प लहानबाट नायब उपरीक्षक विजयकुमार चौधरीको नेतृत्वमा खटिएको टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँचका क्रममा बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो स्कारपियो गाडीलाई रोक्न खोज्दा तीव्र गतिमा भागेको थियो। सशस्त्र प्रहरीको टोलीले गाडीलाई पछ्याउँदा लहान–१९ स्थित कटाहा चोक नजिकैको सडक किनारमा गाडी बेवारिसे अवस्थामा फेला परेको हो। तर, चालक फरार छन्।

गाडी जाँच गर्दा करिब ७ लाख ४ हजार ८५० रुपैयाँ बराबरका लत्ताकपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। गाडीको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेको छ। सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार, बरामद सामान र गाडी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ