मधेश प्रदेशमा हैजाको संक्रमण तीव्र, २४ घण्टामा ११५ केस पुष्टि

जनकपुरधाम भदौ १२ । मधेश प्रदेशमा हैजाको संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेको देखिएको छ। पछिल्लो २४ घण्टामा ११५ जना नयाँ संक्रमित थपिएसँगै, हालसम्म संक्रमितको कुल सङ्ख्या ५४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, तीमध्ये २५७ जना पूर्ण रूपमा निको भइसकेका छन् भने हालसम्म २८३ जना सक्रिय संक्रमित उपचाररत छन्।

वीरगन्जमा स्थिति गम्भीर

वीरगन्ज महानगरपालिका हैजाको केन्द्रविन्दु बनेको छ। नारायणी अस्पतालमा १५८ सक्रिय संक्रमितको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा मात्र ६२ जना नयाँ बिरामी भर्ना भएको पुष्टि भएको छ।

अन्य अस्पतालहरूको विवरण यस प्रकार छस;

तराई अस्पताल; ४२ सक्रिय, १० नयाँ संक्रमित

वीरगन्ज हेल्थ केयर अस्पताल ; २४ सक्रिय, ८ नयाँ संक्रमित

कलैया अस्पताल बारा; १ नयाँ केस वीरगन्ज यात्रा इतिहास

पोखरिया नगरपालिका अस्पताल पर्सा; ८ नयाँ संक्रमित

स्वास्थ्य सेवा विभागको निगरानी

महाशाखाले प्रकोपको मूल स्रोत र संक्रमण श्रृंखला पत्ता लगाउन निगरानी तीव्र पारिएको जनाएको छ। स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई सर्तकता र सचेतना कार्यक्रम प्रभावकारी बनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ