नेपालमार्ग हुँदै भारत छिरेका आतङ्ककारीको पहिचान प्रयास, स्केच सार्वजनिक

भारत भदौ १२ । बिहार प्रहरीले पाकिस्तानस्थित प्रतिबन्धित आतङ्ककारी संगठन जैश–ए–मोहम्मदसँग सम्बन्धित तीन जना आतङ्ककारी नेपाल हुँदै भारत प्रवेश गरेको सूचनापछि राज्यभर सुरक्षा सतर्कता बढाएको छ।

तीनैजनाको स्केच सार्वजनिक गर्दै प्रहरीले उनीहरूलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिन सीमावर्ती इलाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रहरी स्रोतका अनुसार, ती आतङ्ककारीहरू साउन दोस्रो हप्तामा काठमाडौँ हुँदै भारत प्रवेश गरेका थिए। उनीहरू हाल बिहारमै छन् भन्ने सूचनाका आधारमा चेकजाँच, निगरानी र गस्ती बढाइएको छ।

सार्वजनिक परिचय

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, ती तीन आतङ्ककारीहरू निम्नानुसार पहिचान गरिएका छन्स्

हसनैन अली – रावलपिण्डी निवासी

आदिल हुसैन – उमरकोट निवासी

मोहम्मद उस्मान – बहावलपुर निवासी

उनीहरूको पासपोर्ट विवरण पनि स्थानीय प्रशासनलाई पठाइएको छ।

निर्वाचन लक्षित आतङ्कको आशङ्का

सुरक्षा अधिकारीहरूले आशङ्का गरेका छन् कि बिहार विधानसभा चुनावलाई लक्षित गर्दै आतङ्ककारी गतिविधि हुनसक्छ। यही कारण सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको हो। स्रोतका अनुसार, सबै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ, र जनता पनि कुनै संदिग्ध गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ