विराटनगर भदौ ९ । विराटनगर महानगरपालिका–१४ मा सिटी सफारीसँग ठोक्किँदा एक साइकल यात्रीको ज्यान गएको छ।
आइतबार साँझ आईसीपी रोडस्थित भित्री सडकमा भएको उक्त दुर्घटनामा जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार राजवंशीको साइकल अनियन्त्रित भई विराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएको थियो। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो, तर केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि सिटी सफारीका २५ वर्षीय चालक मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
