राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टीले ४१ जिल्लामा संगठन विस्तारका लागि प्रतिनिधि परिचालन

काठमाडौँ भदौ ७ । राष्ट्रिय मुक्ति पार्टी नेपालले देशभर संगठन विस्तारका लागि व्यापक तयारी थालेको छ। पार्टीले हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट देशका ४१ जिल्लामा साथै काठमाडौं उपत्यकाका तीन जिल्लामा नेताहरु परिचालन गर्ने निर्णय गरेको छ।

बैठकले ताप्लेजुङदेखि कैलाली र काठमाडौं उपत्यका हुँदै सुदूरपश्चिमसम्म संगठनलाई अझ सशक्त बनाउन आगामी भदौ ८ देखि असोज २२ सम्म राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। पार्टीका मूल सिद्धान्तमा स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद रहेका छन्।

पार्टीका प्रवक्ता रविन्द कुमार श्रेष्ठले भने, बैठकले देशव्यापी जनआन्दोलन थालनी गर्ने निर्णय पनि गरिसकेको छ। उत्पीडित समुदायहरुको एकता अत्यावश्यक रहेको र बहुल राष्ट्रिय राज्य निर्माण, सहकारी अर्थतन्त्र प्रवर्द्धन र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिने लक्ष्य लिएको छ। देशको राजनीतिक संकट, सांस्कृतिक विघटन र आर्थिक अवस्था निकै जटिल रहेको भन्दै, पार्टीले २०७२ सालको संविधानले मधेशी, थारू, आदिवासी, मुस्लिम र दलित जस्ता उत्पीडित समुदायहरुलाई राज्यबाट बहिष्कृत गरेको आरोप लगाएको छ।

बैठकले राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच श्रावण २९ गते भएको कार्यगत एकतालाई पनि अनुमोदन गर्दै संयुक्त कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ