उपेन्द्र यादवले मधेशवादी दलहरू एकताबद्ध हुने सम्भावना बढेको बताए

जनकपुरधाम भदौ ७ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै गएको बताएका छन्।

नेपालको राजनीतिमा एकता, मिलन र विछोड सधैं सँगसँगै चल्ने विषय भएकाले हालै मधेशवादी दलहरूबीच पुनः एकताका संकेत देखिन थालेको यादवले बताए। “नेपालको राजनीति यस्तो छ जहाँ एकता र विभाजन दुवै हुँदैछन्। फुट पनि भइरहेको छ, जुट पनि भइरहेको छ। यो क्रम नेपालको राजनीतिक विशेषता हो,” उनले भने, “अब फेरि जुट्ने सम्भावना बढ्दै गएको छ।”

विभाजन र टुटफुटका कारण मधेशवादी दलहरू हाल दर्जनौंको संख्यामा रहेका छन्। पछिल्लो समय अनिलकुमार झाले नेपाल सद्भावना पार्टी पुनः गठन गरेका छन्। यादवले वैचारिक वा सैद्धान्तिक भन्दा पनि कार्यनितिक सवाल र तत्कालीन घटनाक्रमका कारण पार्टीहरू विभाजित हुने गरेको बताए। उनले थपे, “फुट्ने, जुट्ने र फेरि फुट्ने यो प्रक्रिया नेपालको राजनीतिक दलहरूको चरित्र हो।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ