प्रधानमन्त्री ओलीले भने, ‘विद्या भण्डारीको सदस्यता खोसिएको छैन’

काठमाडौँ भदौ ६ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोपलाई पूर्ण रूपमा खण्डन गरेका छन्। उनले भण्डारीले स्वेच्छाले पार्टी सदस्यता छोडेको र त्यो नवीकरण नभएको मात्र बताए।

शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भने, कसैको सदस्यता खोसेको छैन र खोस्नुपर्ने कुनै अवस्था पनि छैन। पूर्वराष्ट्रपतिले सदस्यता छाडेर राष्ट्रपतिको जिम्मेवारी लिएकी थिइन्, त्यसैले सदस्यता नवीकरण हुन सक्दैन।

ओलीले पत्रकारहरुलाई सम्बोधन गर्दै स्पष्ट पारे, भ्रममा नपर्नुस्, कुनै सदस्यता खोसिएको छैन। सदस्यता नवीकरणको प्रक्रिया जारी छ र जसको सदस्यता छैन, उनीहरूले मात्र नवीकरण गर्न सक्छन्। उनले पूर्वराष्ट्रपतिले चुनाव हार्नेहरूलाई भेला गरेर पार्टीविरुद्ध गतिविधि गरिरहेकोमा पनि असन्तुष्टि व्यक्त गरे। ओलीले भनाए, ूमदन भण्डारीको जन्मदिनको अवसरमा पार्टी कार्यालयमा भेला गरेर पार्टी एकतामा बाधा पुर्‍याउने काम भइरहेको छ, जुन स्वीकार्य छैन।

प्रधानमन्त्री ओलीले यस्तो विवादले पार्टी एकतामा नकारात्मक असर पार्ने भन्दै पार्टीभित्र एकतामात्रै महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ