श्रीलंकाको इतिहासमै पहिलो पटक पूर्व राष्ट्रपति पक्राउ

श्रीलंका भदौ ६ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी कोष दुरुपयोगको आरोपमा पक्राउ गरिएको छ। उनीमाथि राष्ट्रपतिको कार्यकालका बेला निजी विदेश यात्रामा सार्वजनिक पैसा खर्च गरेको आरोप छ।

श्रीलंकन प्रहरीको हवाला दिँदै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार, विक्रमसिंघेले सन् २०२३ मा संयुक्त राष्ट्र महासभाबाट फर्किँदा आफ्नी पत्नीसहित लन्डनमा निजी कामका लागि रोकिने क्रममा सरकारी कोष प्रयोग गरेका थिए। पक्राउपछि उनलाई कोलम्बोको मजिस्ट्रेट अदालतमा प्रस्तुत गरिनेछ। यसअघि उनी आपराधिक अनुसन्धान विभाग CID मा बयान दिइसकेका छन्।

पूर्व राष्ट्रपति विक्रमसिंघेले आरोप अस्वीकार गरेका छन्। उनले लन्डन बसाइका क्रममा विभिन्न महत्वपूर्ण बैठकहरूमा सहभागी भएको दाबी गरेका छन्। सन् २०२२ मा गोटाबाया राजपक्षेको राजीनामापछि विक्रमसिंघे राष्ट्रपति बनेका थिए। उनी आर्थिक संकट र जनआक्रोशका बीच सत्ता सम्हाल्दै सन् २०२४ सम्म राष्ट्रपतिको भूमिकामा थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ