हिरोइनसहित विदेशी नागरिक पक्राउ, अनुसन्धान जारी

मोरङ भदौ ३ । मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले उक्त परिमाणको लागूऔषधसहित भारतको दिल्लीस्थित गौतमपुरी बदरपुर फेस–१ निवासी ४३ वर्षीय सगीर नामक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका सई बालकृष्ण सन्जेलका अनुसार सगीरको साथबाट उनको भारतीय आधार कार्डसमेत फेला परेको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र रानी हुँदै हुने लागूऔषध ओसारपसार नियन्त्रण गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ