सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु, विद्युतीय धराप बन्यो ज्यानमारा

सप्तरी भदौ १ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ५ पिपरामा गएराति करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। मृतक बद्रि सरदार ५० र उनकी पत्नी विमलादेवी सरदार ४५ वर्षको रहेका छन्।

शनिबार राति करिब साढे ८ बजेतिर खेतबाट फर्किंदै गर्दा उनीहरू स्थानीयले जंगली जनावरबाट धानबाली जोगाउन थापेको विद्युत् धरापमा परेका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, महेन्द्र चौधरी र दुर्गानन्द्र चौधरीले करेन्ट प्रवाह भइरहेको धराप थापेका थिए। दम्पतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराजमा राखिएको छ भने प्रहरीले महेन्द्र र दुर्गानन्द्रलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरेको छ।

प्रहरीका अनुसार, घटनाको पूर्ण तथ्याङ्क सङ्कलन गर्न काम जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ