रवि आउने सूचना बाहिरिएसँगै विमानस्थलमा सुरक्षा चाप

काठमाडौँ साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट आज काठमाडौं ल्याइँदैछ। उनलाई बुद्ध एयरको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिने भएको हो।

काठमाडौं आगमनअघि नै त्रिभुवन विमानस्थलमा रास्वपाका नेता तथा समर्थकहरू बाक्लो रूपमा जम्मा भएका छन्। सुरक्षा निकायले विमानस्थल वरपर कडा निगरानी राखेको छ। यता, नख्खु कारागार बाहिर पनि समर्थकहरूको भिड देखिन थालेको छ। लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए, जसलाई अदालतले जेठ १६ गते स्वीकृति दिएको थियो।

कारागार व्यवस्थापन विभागको निर्णयअनुसार आज उनको नख्खु कारागारमा स्थानान्तरण प्रक्रिया अघि बढाइएको हो। लामिछानेले यसअघि नै जेठ महिनामै सरुवाका लागि औपचारिक निवेदन दिएका थिए। भैरहवा कारागार अगाडि पनि आज बिहानैदेखि रास्वपा कार्यकर्ताहरूको बाक्लो उपस्थितिसँगै केही समय वातावरण तनावपूर्ण बन्न पुगेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ