सप्तरीको बगैँचाबाट ९८ किलो गाँजा बरामद

सप्तरी साउन ३१ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–११, नयाँटोलस्थित बिहुल खोलानजिकैको एक बगैंचाबाट सुरक्षाकर्मीहरूले करिब ९८ किलोग्राम अवैध गाँजा बरामद गरेका छन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म पातोका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापा मार्दै उक्त गाँजा फेला पारेको हो। सशस्त्र प्रहरीका अनुसार गाँजा ५ वटा बोरामा प्याक गरिएको अवस्थामा बेवारिसे रूपमा राखिएको थियो।

सुरक्षा स्रोतले जनाएअनुसार गाँजा सीमापार तस्करीको तयारीमा रहेको हुनसक्ने आशंका गरिएको छ। बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले घटनास्थलको निगरानी बढाएको छ भने तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ