काठमाडौँ साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागार सार्ने प्रक्रिया अघि बढाइएको छ। कारागार विभागको निर्णयअनुसार आजै उनलाई बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो।
प्राप्त जानकारीअनुसार दिउँसो ३:१० बजेको उडानबाट उनलाई काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइनेछ। विमानस्थलबाट सीधा नख्खु कारागार लगिने कार्यक्रम छ। उनलाई लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष सुरक्षा टोली अहिले भैरहवा कारागार पुगेको छ। कारागार विभागले लामिछानेको निवेदनको आधारमा उनको सरुवा स्वीकृत गरेको हो।
यसअघि हिजो मात्र विभागले कारागार सरुवासम्बन्धी पत्र जारी गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएको थियो।
