नवलपुरमा श्रीमतीको घाँटी रेटेर हत्या

नवलपुर साउन ३० । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारीमा घरायसी विवादका क्रममा एक श्रीमानले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।

५० वर्षीय महेन्द्र पौडेलले शुक्रबार बिहान १०स्३० बजेतिर ४७ वर्षीया श्रीमती गोमा पौडेलको तरकारी काट्ने चक्के प्रयोग गरी घाँटी रेटेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए। गोमा पौडेल ग्रिन फाउण्डेशन नवलपुरकी जिल्ला उपाध्यक्ष समेत हुन्। हत्या पछि महेन्द्र पौडेल आफैँ चक्कु सहित प्रहरीमा आत्मसमर्पण गरेका छन्। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ। घटना स्थल अस्थायी प्रहरी चौकी सर्दीबाट करिब २ किलोमिटर पूर्व पर्छ।

इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, बिहान खेत गोडेर फर्किएपछि छोरालाई स्कुल पठाउने क्रममा सामान्य भनाभनले झगडाको रूप लिएको र त्यसपछि हिंसा भएको बुझिएको छ। पौडेल दम्पत्तिका दुई छोरी र एक ४ वर्षे छोरा छन्। छोरीहरू दुवैको विवाह भइसकेको छ। प्रहरीका अनुसार, घटनाको पूर्ण यथार्थ अझै अनुसन्धानको क्रममा छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ