क्रिप्टो कारोबारको उजुरीमा ४ जना पक्राउ, १५ लाख नगद बरामद

काठमाडौँ साउन ३० । ६ करोड ६ लाखभन्दा बढी रकमको क्रिप्टो करेन्सी अवैध कारोबार गरेको आरोपमा चार जनालाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, र भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र मुन्ना जयसवाल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले उनीहरूलाई पक्राउ गरी १५ लाख ३३ हजार रुपैयाँ नगद बरामद गरेको जानकारी दिएका छन्। एसपी बोहराका अनुसार, उनीहरूले कुल ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ