लगातार दोस्रो दिन पनि रास्वपा र राप्रपाको संसद बहिष्कार

काठमाडौँ साउन २९ । भिजिट भिसा प्रकरणमा विशेष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै दुवै दलका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका छन्। रास्वपा र राप्रपाले भिजिट भिसाको दुरुपयोगसम्बन्धी विवादमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन गठनको माग गर्दै आएका छन्। तर, सोबारे सरकारले कुनै स्पष्ट पहल नगरेको भन्दै दुवै दलले लगातार बैठक बहिष्कार गर्दै आएका हुन्।

यसअघि पनि प्रतिनिधिसभाको बैठकमा उनीहरूले उस्तै मागसहित विरोध जनाउँदै बहिष्कार गरेका थिए। दुवै दलले सरकार र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै छानबिन प्रक्रिया अघि नबढे संसदको प्रक्रिया अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ