शवसँग गरिएको हैरान पार्ने दुर्व्यवहार, मासु र हड्डी किन्ने दुई पक्राउ

काठमाडौँ साउन २९ । पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको शवबाट हड्डी र मासु चोरी गरी किनबेच गर्ने घटनामा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई हाल काठमाडौंको कपन बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भई गौरीघाटमा बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराका अनुसार, उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो। यसअघि साउन २३ गते चितामा जल्दै गरेको शवबाट हड्डी चोरी गरेको आरोपमा गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परिसकेका थिए। ढकाल र मैनालीले काभ्रेको बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव जलाउने क्रममा हड्डी निकालेर प्रतिहड्डी ५०० रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले रामनन्दन ठाकुरको बसोबासस्थलमा खोजतलास गर्दा प्लास्टिकमा प्याक गरिएको हड्डीको धुलो र खरानी फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त गौशालाबाट भइरहेको छ। प्रहरीका अनुसार, यस घटनाले धार्मिक स्थल, संस्कार र मानव शरीरप्रति देखिनुपर्ने सम्मानका सम्बन्धमा गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ