काठमाडौँ साउन २८ । जनमत पार्टीले उपत्यका र सातै प्रदेशमा क्रियाशील कानुन व्यवसायीहरूको केन्द्रीय संगठनका रूपमा ‘वकिल जनमत सङ्घ’ गठन गर्ने तयारी गरेको छ।
पार्टीको संगठन विभागको आयोजनामा केन्द्रीय कार्यसमिति गठनका लागि भदौ ४ गते बिहान ११ बजे मध्यबानेश्वरस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा वृहत् भेला आयोजना हुने जनाइएको छ।
जनमत पार्टीकी केन्द्रीय सचिव अनिता देवी साहका अनुसार उक्त भेला पार्टीप्रति प्रतिबद्ध र विधि–विधानअनुसार आबद्ध हुन इच्छुक सम्पूर्ण कानुन व्यवसायीहरूका लागि खुला रहनेछ। पार्टीले वकिलहरूको संगठित उपस्थिति मार्फत न्याय, अधिकार र विधिको शासन सुदृढ गर्न भूमिका खेल्ने उद्देश्य राखेको जनाएको छ।
