विराटनगर बालसुधार गृहमा प्रहरी र बन्दीबीच झडप, हवलदार घाइते

विराटनगर साउन २८ । मोरङको विराटनगर–३ स्थित बालसुधार गृहमा बुधबार प्रहरी र बालबिज्याइँकर्ताबीच झडप भएको छ। झडपमा एक जना वरिष्ठ प्रहरी हवलदार हिरणकुमार मण्डल घाइते भएका छन्।

प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार, सुधार गृहबाट बालबिज्याइँकर्ताहरू भाग्ने प्रयास गर्दा रोक्ने क्रममा झडप भएको हो। घटनालाई तत्काल नियन्त्रणमा लिइएको र हाल सुधार गृहमा रहेका सबै बालबालिकालाई पुनः भित्र राख्ने काम भइरहेको उनले बताए। बालसुधार गृहको क्षमता ५० जना भए पनि यहाँ हाल करिब २०० भन्दा बढी बालबालिका छन्। यो गृहमा १८ वर्ष मुनिका दोषी बालबालिकालाई सुधारका लागि राखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ