पर्सामा टुट्न थाले वैवाहिक बन्धन, मुद्दा दिनहुँ बढ्दै

पर्सा साउन २८ । पर्सा जिल्लामा पछिल्लो समय घरेलु हिंसाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको पाइएको छ। जिल्ला अदालत पर्साको तथ्यांकअनुसार आर्थिक वर्ष २०८० र ८१ मा मात्र ३४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए, जुन संख्या घरेलु हिंसासम्बन्धी मुद्दाभन्दा तीनगुना बढी हो।

उक्त मुद्दामध्ये २६४ वटा फछ्र्योट भइसकेका छन् भने ७९ मुद्दा अझै विचाराधीन अवस्थामा छन्। जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार घरेलु हिंसाका धेरै मुद्दा स्थानीय तह, प्रहरी र मेलमिलाप केन्द्रमार्फत मिलाउने प्रयास गरिन्छ, तर सम्बन्धविच्छेदका मुद्दाहरू अदालतसम्म आइपुग्ने प्रवृत्ति बढेको छ। उनले विदेश बसाइ ९वैदेशिक रोजगारी० लाई पनि वैवाहिक सम्बन्ध विच्छेदको एक प्रमुख कारणको रूपमा उल्लेख गरेका छन्।

घरेलु हिंसाका मुद्दा तुलनात्मक रूपमा कम

गत आवमा पर्सा जिल्लामा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका थिए, जसमध्ये ५३ मुद्दा फछ्र्योट भइसकेका छन् भने ४२ मुद्दा बाँकी छन्। जबर्जस्ती करणीसम्बन्धी मुद्दा पनि उल्लेख्य रहेको छ — कुल ९८ मुद्दामध्ये ५६ फछ्र्योट, ४२ विचाराधीन रहेका छन्।

समाजशास्त्रीहरू भन्छन्, ‘सम्बन्धहरूमा दूरी बढ्दै’

विशेषज्ञहरूका अनुसार पारिवारिक बिच्किएकता, लामो समयको दूरी, प्रवासको एक्लोपन, र दुवै पक्षमा विश्वासको कमी बढ्दै जानुले सम्बन्धविच्छेदको दरमा वृद्धि गरिरहेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ