राजीनामाको पुष्टि हुन बाँकी : रघुवीर महासेठ

काठमाडौँ साउन २६ । नेकपा एमालेका सचिव तथा परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले पार्टी विभागबाट राजीनामा दिएकोबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन्।

परराष्ट्र मामिला विभागकी सदस्य रहेकी उषाकिरणले केही दिनअघि पदबाट राजीनामा दिएको चर्चा चलिरहेको छ। तर, विभाग प्रमुख महासेठले भने सोमबार कुराकानीमा यस्तो राजीनामाको जानकारी आफूलाई नआएको बताए।

“राजीनामा दिएको थाहा छैन। आएको भए म जानकार हुन्थें, अहिलेसम्म जानकारी छैन,” उनले भने। यस विषयमा उषाकिरण भण्डारीसँग फोनमार्फत सम्पर्क प्रयास गरिएको थियो, तर सम्पर्क हुन सकेन।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उषाकिरणका बारेमा पछिल्लो समय चर्चा चुलिएको छ। साउन ९ गते, पूर्वराष्ट्रपति विद्या भण्डारीले पत्रकार सम्मेलनमार्फत सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्। उनले एमालेको पार्टी सदस्यता रहेको दाबी गरे पनि एमालेले त्यसलाई खारेज गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ