काठमाडौँ साउन २५ । अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका नजिकका सहयोगी शेख सलीम उर्फ सलीम पिस्टललाई पाँच दिनअघि काठमाडौंबाट नेपाल प्रहरीले पक्राउ गरेको छ।
शेख सलीम भारतको ‘मोस्ट वान्टेड’ सूचीमा पर्ने व्यक्ति हुन् र उनलाई विभिन्न आपराधिक समूहलाई हतियार आपूर्ति गरेको आरोप लागेको छ। भारतबाट प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीले कारबाही अघि बढाएको र उनलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाइएको छ।
प्रहरी स्रोतका अनुसार, दुई देशबीच समय समयमा यस्तो समन्वयमा आधारमा कारबाही भइरहेका छन्। भारतीय मिडियाले पनि सलीमको नेपालमा पक्राउ परेको समाचार प्रकाशित गरेका छन्। यो पक्राउले भारत–नेपाल सीमा क्षेत्रमा रहेको अपराधी नेटवर्क विरुद्धको साझा अभियानलाई थप मजबुत बनाएको प्रहरीले बताएको छ।
