सिरहा साउन २२ । सिरहाको नरहा गाउँपालिका–३ बाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुबनी घर भएका १९ वर्षीय ऋषि नाथ मण्डल, २० वर्षीय ओम शंकर यादव र १९ वर्षीय आकाश कुमार मण्डल रहेका छन्।
उनीहरू भारतीय नम्बरको एउटै मोटरसाइकलमा चढेर नेपालतर्फ आउँदै थिए। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मोटरसाइकलको पछाडि सवार आकाश मण्डलको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरेको छ। जिप्रका सिरहाका डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
प्रतिक्रिया
