काठमाडौँ साउन २२ । भारत पुर्याएर मिर्गौला निकालिएको सिन्धुलीका एक युवकको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नुवाकोटका समीर परियारलाई काठमाडौंबाट गएराति नियन्त्रणमा लिएको हो। उनीमाथि सिन्धुलीका खिलबहादुर भुजेललाई भारत पुर्याउने र पछि नेपाल फर्काउने काममा संलग्न रहेको आरोप छ।
भुजेलको मिर्गौला भारतमै अवैध रूपमा निकालिएको पुष्टि भएपछि, सिन्धुली प्रहरीले घटनाको अनुसन्धान ब्युरोलाई जिम्मा दिएको थियो। ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार, समीर परियारले पीडित भुजेललाई भारत पुर्याउनमा मुख्य भूमिकाु खेलेको आशंका छ।
ब्युरोले घटनाबारे आजै औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको छ।
