पर्सा साउन २० । नेकपा एमाले निकट उद्योग तथा व्यवसायी महासङ्घ पर्साका अध्यक्ष भूपेन्द्र साह जनमत पार्टीमा प्रवेश गरेका छन्। जनमत पार्टीको पर्सा कार्यालयमा आयोजित विशेष कार्यक्रममा साहले पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रमबारे जानकारी दिँदै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले साहसँगै मधेस आन्दोलनका अगुवा नेता जगदीश पटेल र युवा व्यवसायी जटा शंकर पटेल पनि पार्टीमा प्रवेश गरेको बताए। तीनै नेताहरुलाई पार्टी अध्यक्ष डा। सिके राउतले खादा ओढाएर स्वागत गरेका थिए।
प्रतिक्रिया
