पर्सा साउन १९ । पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार बिन्दावासीनी गाउँपालिका–५ प्रसौनीका साहेब खाँलाई वीरगन्जको ईनर्वागाउँबाट नियन्त्रणमा लिइएको हो।
खाँ ‘कटुवा पेस्तोलसहित हिँडिरहेको’ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
