दुबई पुगे प्रधानमन्त्री ओली, उच्चस्तरीय भेटवार्ता तय

दुबइ साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा आयोजना हुन लागेको भूपरिवेष्टित विकासशील राष्ट्रहरू LLDC को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल स्थानीय समयअनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरू गएराति ११स्५५ बजे काठमाडौँबाट दुबईका लागि उडेका थिए।

दुबई विमानस्थलमा प्रधानमन्त्री ओलीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गरेका थिए। प्रधानमन्त्री ओली साउन २० देखि २३ गते ९अगस्ट ५–८० सम्म तुर्कमेनिस्तानको अवाजा सहरमा हुने सम्मेलनमा भाग लिन लागेका हुन्। उक्त सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणमा उनले सहभागिता जनाउने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ